५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा एजेण्डा तय

९ भदाै, काठमाडाैँ । नेकपा एमालेको पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उम्मेद्वारको छनौटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेश गर्ने लगाएतका केन्द्रीय कमिटीका एजेण्डा तय गरिएको एमाले प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै संगठीत सदस्यहरुको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेश गर्ने लगाएतका एजेण्डा समेत तय भएको उनले बताए । बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुभएको थियो भने १५ जना पोलिट्व्युरो सदस्यहरुले प्रतिवेदनमाथि धारणा राखेको गुरुङले जानकारी दिए ।

गुरुङले पार्टीको नीति सिद्धान्त र कार्यक्रममा प्रतिबद्धता रहेको, कुनै पनि व्यक्तिले पार्टीको आन्दोलनमा योगदान दिएको, लोकप्रिय र विजय सुनिश्चिता तथा संविधानमा व्यवस्था भएको समानुपातीक सहभागीतालाई आधार बनाएर उम्मेद्वारको मापदण्ड तय गरिने जानकारी दिए । मापदण्डलाई अन्तिम रुप केन्द्रीय कमिटीले दिने उनले बताए । एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार बस्ने तय भएको छ ।

प्रकाशित मिति : August 25, 2022 at 4:23 pm