६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

नेकपा एसका सुदुरपश्चिम अध्यक्ष शाहीले पार्टी छाड्दै भनेः पुछतो र आत्मग्लानी भयो

९ भदाै, काठमाडाैँ । अध्यादेशबाट जन्मिएको नेकपा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाहीले पार्टी एक वर्षको पुगेकै दिन राजिनामा दिएका छन । उनले सामाजिक सञ्जाल मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन । शाहीले एक वर्षअघि माधवकुमार नेपालहरूसँगै पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र आत्मग्लानी भएको उल्लेख गरेका छन ।

‘२०५४ सालमा बामदेब ले “फुट्बाट पनि शक्ति प्राप्त हुन्छ ” भन्दै पार्टी बिभाजन गराय र थुप्रै मान्छे हरु हौसिदै उनका पछि लागे ।गत बर्स पनि पुनर्गठन का नाम मा माधब नेपालको नेतृत्व मा पार्टी बिभाजन भयो त्यस्को पछि लाग्ने मा म पनि थिये। पार्टी बिभाजनले काग्रेस लगायत पश्चिमा पुजीवादीहरुको नै फाइदा पुर्यायो । त्यस बापत पछुतो र आत्मग्लानी भयेको छ । बिगत ५-६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मिति देखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु।’

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १४:००