१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

एमाले पोलिटब्युरो बैठक जारी, यस्ता छन एजेण्डा

९ भदाै, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेर अघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेन्डा बनाएका छन् ।

बुधबारको स्थायी समिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने तर जुनसुकै दलसँग तालमेलका लागि ढोका खुला गर्ने निर्णय गरेको थियो । आजको पोलिटब्युरो बैठकमा प्रदेश र प्रतिनिधिसभामा कस्ता उम्मेदवार उठाउने, कसरी जाने भन्ने विषयमा छलफल हुने एक नेताले बताए ।

प्रकाशित मिति : 12:41