निर्मला हत्या प्रकरणः अनुसन्धानमा खटिएका १८ प्रहरीलार्इ कारबाही
२२ भदाै, काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको प्रारम्भिक अनुसन्धानमा नै प्रहरीले प्रमाण नष्ट गर्ने काम गरेकाले उच्चस्तरीय छानविन समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकृतसहितका कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
प्रहरीले घटनास्थलबाटै प्रमाणहरु मेट्ने काम गरेकाले छानविन टोलीले प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरीहरुलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
टोलीको सिफारिसपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृत सहित झण्डै १८ जना कारबाहीमा पर्ने देखिएका छन् । छानविन समितिले कारबाहीका लागि सिफारिस गरे अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूलार्इ पक्राउ गरेर थुनिने छ ।
अपराध संहितामा कुनै पनि मुद्दालाई बदलिए वा लापरवाही गरियो भने थुन्न सक्ने व्यवस्था रहेको छ । यस्तै, निर्मलाको हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरिएका बम दिदीबहिनीलार्इ पाँच दिनको म्याद थपिएको छ ।
प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ११:४२