७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

एमाले पोलिटब्यूरो बैठक आज, ओलीले राजनीतिक प्रतिवेदनबारे जानकारी गराउने

९ भदाै, काठमाडाैँ । नेकपा एमालेको पोलिटब्यूरो बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकले स्थायी समिति बैठकले गरेको निर्णय अनुमोदन गर्नेछ भने केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनका बारेमा सामान्य जानकारी लिनेछ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनको बारेमा जानकारी दिने कार्यसूची रहेको एमाले नेताहरूले बताएका छन ।

एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार काठमाडाैँमा बस्दैछ । एमालेले भदाै १२ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएको छ ।

प्रकाशित मिति : August 25, 2022 at 10:12 am