अध्यादेशबाट जन्मिएको माधव नेपालको पार्टीले आज स्थापना दिवस मनाउने
९ भदाैँ, काठमाडाैँ । अध्यादेशबाट जन्मिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आज पार्टी स्थापना दिवस मनाउने भएको छ । आज दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा स्थापना दिवस मनाउन लागिएको समाजवादीले जनाएको छ ।
नेकपा एसले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको सम्झनामा भदौ ९ गतेलाई पार्टी स्थापना दिवसको रुपमा मनाउन लागेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले दैनिकीलाइ जानकारी दिए ।
पुनर्गठन दिवसको अवसरमा पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : August 25, 2022 at 9:45 am









