४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

विप्लवका प्रवक्ता प्रकाण्ड माथि हालसम्मकै ठूलो मुद्दा, दाङमा म्यादी प्रहरीको हत्या गरेको अारोप

२२ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप प्रहरीले लगाएको छ । चाैधरीको हत्यालार्इ लिएर  विश्कर्माविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

‘प्रहरीको प्रतिवेदनमा विश्वकर्माले म्यादी प्रहरीको हत्या गरेको उल्लेख छ,’ प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘उनका विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा भएकाले दाङमा ल्याउन लागिएको हो।’ घटना तुलसीपुरमै भएकाले विश्वकर्मालाई तुलसीपुर प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराउने भएको छ।  प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबैभन्दा ठूलो मुद्दा हो।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ११:२७