प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रविरुद्ध परेका उजुरीको पोको खोलिदैँ
२२ भदाै, काठमाडाैँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध परेका उजुरी आज संसदीय समितिको बैठकमा खोलिँदै छ। संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरु खोलेर समितिका सदस्यहरुलाई वितरण गर्ने तयारी गरिएको समितिका सदस्य पार्वत गुरूङले दैनिकीलार्इ जानकारी दिए । बैठक केही बेरमा बस्दैछ ।

मिश्रविरुद्ध चार वटा उजुरी दर्ता भएको छ। बुधवार अन्तिम समयसम्म उनलाई अनुमोदन गर्न नहुने दाबीसहित चार वटा उजुरी दर्ता भएको थियो। उजुरी अध्यननपछि उजुरीकर्तालाई बोलाउने गुरूङले बताए । मिश्रमाथि एनसेलको कर छुटदेखि हाँडीगाउँको जग्गासम्मको उजुरी परेको छ।
प्रकाशित मिति : September 7, 2018 at 11:15 am









