४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

अोली सरकारको सफलताः नेपालले चीनका सबै व्यापारीक बन्दरगाह प्रयोग गर्न पाउने

२२ भदाै, काठमाडाैँ । अघिल्लो कार्यकाल प्रधानमन्त्री हुँदा भारतीय परनिर्भरता तोडेर वाहीवाही कमाएको अोली सरकारले चीनसँग अर्को एउटा सम्झाैता गरेको छ । सम्झाैता अनुसार अब नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । सन् २०१६ मा भएको पारवाहन सम्झौताअनुरुप नेपाल र चीनको प्रोटोकल (कार्यविधि) मा हस्ताक्षर भएसँगै नेपालले चीनका सबै व्यापारीक बन्दरगाह प्रयोग गर्न पाउने भएको हो ।

दुवै देशका सरकारी अधिकारीबीच बिहीबार मध्यरातमा सम्झौता भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले जानकारी दिए । सम्झौताअनुसार अब नेपालले तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्से लगायतका सुक्खा बन्दरगाह उपयोग गर्न पाउने छ ।


नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट त्यहाँका यातायात सेवा विभाागका महानिर्देशक वाङ सुपिङको नेतृत्वबीच दुई दिनको छलफलपश्चात पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिइएको ढकालले बताए । हाल नेपालले भारतका दुई सामुन्द्रिक बन्दरगाहमात्रै प्रयोग गर्दै आएको छ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार १०:५८