५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बिरामी भन्दै सिटौला बाहिरिए पछि सिटवाँडफाँट टुंगोमा पुगेन

७ भदौं, काठमाडौं । संघीय संसद र प्रदेश संसदको निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो ९ भदौंमा हुने भएको छ । मंगलबार बसेको बैठकमा संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएको भन्दै बाहिरिए पछि ९ भदौंमा अन्तिम रुप दिने गरी बैठक बिना निष्कर्ष सकिएको हो ।

२०७४ सालको समानुपातिक मत परिणामलाई केन्द्रमा राखेर सिटवाँडको अन्तिम गृहकार्य गरिरहेको सत्तारुढ गठबन्धनको कार्यदलले झन्डै तीन साता देखी सहमतिको प्रयास गरे पनि अझै टुंगोमा पुग्न सकेको छैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुन: बस्नेगरी टुंगिएको हो ।

प्रकाशित मिति : August 23, 2022 at 6:47 pm