७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेकपा (एमाले)ले अब ‘मिडिया मार्केटिङ’ गर्ने

७ भदाै, काठमाडाैँ । नेकपा (एमाले)ले अब ‘मिडिया मार्केटिङ’ गर्ने भएको छ । नेकपा एमालेका उपमहासचिव एवं प्रचार तथा प्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले एमाले अब मिडियामैत्री बन्नका लागि ‘मिडिया मार्केटिङ’ गर्ने  जानकारी दिएका छन ।

रेडियोकर्मीहरुसँगको अन्तरसंवादमा बोल्दै गुरुङले अहिले एमालेले अहिले जनपक्षीय काम गरे पनि ‘मिडिया मार्केटिङ’ गर्न नसकेको बताउँदै अब ‘मिडिया मैत्री’ बनाउन विभिन्न काम हुने बताए । उनले प्रचार विभागले विभिन्न कार्ययोजना बनाएर कार्यन्वयन गरिरहेको जानकारी पनि दिए ।

उनले भने ‘एमाले पार्टीले होस वा एमाले सरकारमा हुँदा होस काम धेरै राम्रा गरिए तर प्रचार प्रसार गर्न जानिएन । मिडियाको सकारात्मक साथ रहेन । त्यो कुरालाई अब हामी चिर्छाैँ । एमालेलाई मिडिया मैत्री पार्टी बनाउछौं ।’

केही मिडियाले एमालेको चित्र समाजमा नकारात्मक बनाउन प्रयास गरे पनि त्यो सम्भव नहुने गुरुङले दाबी छ । उहाँले रेडियो नेपालको सबभन्दा प्रभावकारी सञ्चार माध्यम भएकोले यसमा कार्यरत सञ्चारकर्मीहरुले एमालेको पक्षमा माहोल सृजना गर्न सक्ने बताए ।

प्रकाशित मिति : August 23, 2022 at 7:43 am