२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

भूकम्प पीडितले अब सहुलियत ऋण पाउने, व्याज अनुदानसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत

२२ भदाै, काठमाडाैँ भूकम्प पीडितले अब सहुलियतपूर्ण ऋण पाउने भएका छन । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भूकम्प पीडितलार्इ दिइने सहुलियतपूर्ण ऋणको व्याज अनुदानसम्बन्धी कार्यबिधि पारित गरेको हो । युवा तथा खेलकुदमन्त्री जगत विश्वर्माले भूकम्प पीडितलार्इ लक्षित गरेर तयार गरिएको सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको जानकारी दिए । त्यसअघि हिजै राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण निर्देशक समितिको बैठकले पुननिर्माणको काम स्थानीय तहलार्इ दिने निर्णय गरेको थियो ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले नेपालको ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा प्रवद्र्धन दोस्रो चरणको कार्यक्रमका लागि जर्मन सरकारबाट प्राप्त हुने ३१ मिलियम युरो (करीब चार अर्ब नौ करोड रुपैयाँ) अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ । सो रकम लेखनाथ–दमौली २२० केमी प्रसारण लाइन आयोजना कार्यान्वयनमा उपयोग गरिने पनि निर्णय गरिएको छ ।

सरकारले धनुषा जिल्लाको शहीदनगर नगरपालिका वडा नं ८ डुमरियामा निर्मित अस्पताल भवनबाट स्वास्थ्य उपचार सेवा सञ्चालन गर्ने गरी प्राथमिक तहको १५ श्ययाको अस्पताल स्थपना गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको छ । उक्त अस्पतालको नाम शहीद सूर्यनाथ रान यादव स्मृति अस्पताल, शहीदनगर नगरपालिका धनुषा कायम गर्ने पनि निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसङ्घ शान्ति स्थापनार्थ साझा घोषणापत्र समर्थन गर्ने निणर्य गरेको मन्त्री विश्वकर्माले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ०७:४६