१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

राैतहटका माओवादी र जसपाका नेता एमाले प्रवेश, बालकोटमा ओलीले गरे स्वागत

६ भदौ, काठमाडौँ । रौतहटका नेकपा माओवादी केन्द्र र जसपाका नेताहरू एमाले प्रवेश गरेका छन । माओवादी मधेस प्रदेश सचिवालय सदस्य प्रदिप पटेलसहितका नेता एमालेमा प्रवेश गरेका छन ।

त्यस्तै राजपुर नगरपालिकामा जसपाबाट मेयर पदका प्रत्याशी मोजैद राजा सहितका नेताहरू एमाले प्रवेश गरेका छन । आइतबार राति एमाले स्थायी कमिटी सदस्य प्रभु साहको उपस्थितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा उनीहरूलाई एमालेमा स्वागत गरे ।

प्रकाशित मिति : 08:43