सिन्धु माओवादीमा पहिरो
५ भदाै, सिन्धुपाल्चोक । काँग्रेससंग घाँटी जोड्दै नेपाली कम्युनिष्ट आन्दोलन प्रति पार्टी नेतृत्वले गम्रभीर घात गरेको निस्कर्ष सहित नेकपा (माओबादी केन्द्र) मा आबद्व भै स्थानिय निकायको निर्वाचनमा पार्टी जिताउन होमिएका सयौ नेता कार्यकर्ताहरुले उक्त पार्टी परित्याग गर्ने भएका छन ।
साम्रज्यबादी शक्ति अमेरिका बिश्वबाट कम्युनिष्टहरुको जरोकिलो उखेल्ने ठेक्का आफ्नो हो भन्ने ठान्छ । त्यस्को नेपाली संकरण ने. का. को असली मतियार बनेका प्रचण्डको नेतृत्वमा रहेको माओबादी केन्द्रले एक पछि अर्को राष्ट्रघात गरेकोले अब पनि उक्त पार्टीमा रहनु राष्ट्र र जनता प्रति यो भन्दा ठूलो बेईमानी अरु नहुने ठहरमा उनीहरु पुगेका हुन ।
भोलि दिउँसो ( भाद्र ६ गते १ बजे ) पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष क. के. पि. ओली ले उहाँहरुलाई स्वागत गर्ने कार्यक्रम छ । प्रबेश गर्नेहरुमा पुर्व मेयर ( चौतारा ) अमानसिं तामाङ्, पुर्व पालिका उपाध्यक्ष ( भोटेकोशी ) डाबुटी शेर्पा, प्रदेश कमिटीका सदस्य आङ्छिरिङ् शेर्पा, जिल्ला नेताहरु बिष्णु तामाङ्, सिताराम गिरी लगायत सयौ छन ।

एमाले प्रबेश गर्नेहरुले आफुहरु माओबादीमा अवसर नपाएर पार्टी छोडेको नभएर गत निर्वाचनमा पुर्णरुपेण खटेर माओबादीलाई जिताउन लागेको तर अहिले भारतलाई खुसी पार्न दुनियामा नभएको नागरिकता सम्बन्धी राष्ट्रघाती निर्णय लिएकोमा अब उक्त पार्टी भित्र बैचारिक संघर्षको अध्याय समाप्त भएको बताए ।
एम सिसि पास भयो भने आत्माहत्या गर्छु भन्ने तर रातारात पारित गर्ने, गुठी पिडित किसानको हितमा ल्याएको ऐनको बिरोध गर्ने, कम्युनिष्ट बिरोधी शक्तिलाई काँधमा बोकेर नेपाली कम्युनिष्ट आन्दोलनलाई तहसनहस गर्ने, बिदेशी पुजिबादी शक्तिको आडमा भ्रष्टाचार, महंगी र कृतिम अभाव सृजना गर्ने, परिवारबाद लाद्ने लगायत जनबिरोधी कित्तामा उभिएको पार्टीको सदस्य हुनु राष्ट्र र जनता प्रति ठूलो धोका हुने भएकोले हिजोको एकतालाई निरन्तरता प्रदान गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको मुलधारमा प्रबेश गर्ने दृढता प्रकट गरेको माोबादी छोड्नेहरुले बताएका छन ।
माओवादी अब जनजातीको पार्टी रहेनः अमानसिं तामाङ
चौतारा साँगाचिकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङले अब माओवादी जनजातीको पार्टी नरहेको बताएका छन । माओवादी र एमालेको केन्द्रमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य तथा पदाधिकारी चयनको आधारमा माओवादी जनजातीको पार्टी नरहेको बताएका हुन ।
माओवादी जनजातीको पार्टी नरहेकोलेनै आफुले माओवादी छोडेर एमालेलाई समर्थन गर्न लागेको बताएका छन । उनले एमालेको केन्द्रिय समितिमा सिन्धुपाल्चोकबाट ४ जनामा २ जना तामाङ समुदायको र २ जना खस आर्य समुदाय भएको तर माओवादीको केन्द्रिय समितिमा ८ जना रहेकोमा सबै खसआर्यबाट मात्रै रहेको उदाहरण दिएका छन । जनजातीको सवालमा माओवादी भन्दा एमालेको धारणा, हेराइ उपयुुक्त रहेको बताएका छन ।
साथै केन्द्रिय समितिको पदाधिकारी चयनकोमा पनि जनजाती, दलितकोको सहभागिता अत्यन्तै न्यून रहेकोले पनि माओवादी केन्द्र जनजातिको पार्टी नरहेको पुष्टि हुने जानकारी गराए । माओवादी भित्र बिना पेशा नव धनाढ्य रहेको, पदको निम्ति जस्तोसुकै हर्कत गर्ने, सत्ताको निम्ति जस्तोसुकै राष्ट्रघात गर्ने गरेकोले आफुले माओवादी छोडेको बताएका छन ।
नाकाबन्दीको बेला देखि एमाले माओवादी भन्दा बढी राष्ट्रवादी रहेको बताएका छन । नाकाबन्दीको सामना, चुच्चे नक्सा प्रकाशन, चीन सङ्गको पारबहन सम्झौता , आदि बिषयले एमाले प्रती आफू आकर्षित भएको बताएका छन । एमालेले ४८-४९ सालदेखि नै शान्तिपुर्ण प्रतिस्पर्धालाई स्वीकार गरेको तर माओवादी एमालेको लाइनमा १५ बर्ष पछि अर्थात ६३ सालबाट मात्रै आएको बताएका छन । एमालेकै बाटोमा आउनु थियो, काङ्ग्रेस सङ्ग यतिधेरै लम्पसार पर्नु थियो भने ५२ सालदेखी युद्ध किन गरेको ? उनको प्रश्न छ ।
माओवादी ले सबै गरिब जनताको जीवनमा परिवर्तन ल्याउन लडेको भनिएपनी सिमित नेताहरुको जीवनमा मात्रै परिवर्तन आएको तर आम जनसमुदायको जीवनमा कुनै परिवर्तन नआएको पनि बताएका छन । जुन वर्गको विरुद्ध २०५२ सालमा लडाइ लडियो अहिले माओवादी त्यही बर्गको पुच्छर भएर राष्ट्रघाती काम गर्दै आएको पनि उनको भनाइ छ । MCC पास, नागरिकता बिधेयक पास जस्ता राष्ट्रघात माओवादीले सत्तामा टिकिरहन गरेको पनि उनले बताए ।
कतिपय संचरमाध्यमहरुले पद नपाएर, एकपक्षले हेपेको पेलेकोले अमानसिंले माओवादी छोडेको भन्ने कुरालाइ अस्वीकार गर्दै आफुले माओवादी छोड्नुमा र एमालेमा लाग्नुमा कुनै पदको सवाल नरहेको बताएका छन । ´ मैले ३८ बर्ष दु:ख गरेको पार्टीले त केही दिएन, केही भएन ३८ मिनेट पनि कुनै दु:ख नगरेको पार्टीले केहि दिन्छ भन्ने छैन` उनले भने ´राजनीतिक रूपमानै माओवादी बिचलित भएकोले माओवादी छोडेको हो ।`
प्रकाशित मिति : 21:42









