गुल्मी २ मा एमालेको २५ बर्षे विरासत तोड्छुः रामकुमारी झाँक्री
५ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मीमा एमालेको २५ बर्षे विरासत तोड्ने बताएकी छिन । आइतबार गुल्मीको सदरमुकाम तम्घासमा पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उनले गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोड्नुपर्ने बताइन ।
सचिव झाँक्रीले विरासत तोड्ने भने गठबन्धन एक ढिक्का हुनुपर्ने बताएकी छिन । एमाले नेताहरूमा छटपटी सुरू भएको भन्दै झाँक्रीले मंसिर ४ को निर्वाचन पर्खिन अनुरोध समेत गरेकी छिन । गुल्मी २ मा एमाले सचिव गोकर्ण विष्टले चुनाव जित्दै आएका छन । उनी त्यहाँका नेता कार्यकर्तामात्र नभएर जनताको बीचमा समेत लोकप्रिय रहेका छन ।
प्रकाशित मिति : August 21, 2022 at 2:37 pm









