७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जुम्लामा ज्ञानेन्द्र शाहीको निर्वाचन प्रचार कार्यालय स्थापना

५ भदाै, जुम्ला । जुम्लामा ज्ञानेन्द्र शाही जिताउ अभियान सूरु भएको छ । आउँदाे ४ म‌ंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले औपचारिक कार्यक्रम गरी यो अभियान सूरु गरेको बताएका छन् । सबै स्थानीय तहमा पुगेर स्थानीयवासीसँग भेटघाट गरेपछि अभियान सुरु गरिएको शाहीले बताए ।

ज्ञानेन्द्र शाहीको प्रचार अभियान अन्तर्गत २८ साउनमा सिंजा गाउँपालिका, २९ साउनमा कनका सुन्दरी गाउँपालिका, ३० साउनमा हिमा गाउँपालिका, ३१ साउनमा तिला गाउँपालिका, १ भदाैमा तातोपानी गाउँपालिका, २ भदाैमा गुठीचौर गाउँपालिका र ३ भदाैमा पातारासी गाउँपालिकामा चुनावी प्रचार अभियान कार्यक्रम गरिएको थियो । ज्ञानेन्द्र शाही जिताउ अभियानका लागि जुम्ला बजारमा सम्पर्क कार्यालय पनि खोलिएको छ । न्युजकारखाना

प्रकाशित मिति : August 21, 2022 at 12:25 pm