१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

सिन्धुपाल्चोकका माओवादी नेता पूर्व मेयर अमानसिंह तामाङ एमाले प्रवेश गर्दै

५ भदाै, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक माओवादीका प्रभावशाली नेता पूर्व मेयर अमानसिंह तामाङ एमाले प्रवेश गर्ने भएका छन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर तामाङले माओवादी छाडेर एमाले प्रवेशको तयारी गरेको जानकारी दिएका छन ।

तामाङले माओवादीले जिम्मेवारी बाँडफाँडमा विभेद गरेको बताएका छन । तामाङ ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । तामाङ सोमबार दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर एमाले प्रवेश गर्नेछन ।

प्रकाशित मिति : 08:47