एमाले चुनावी आंकलन हैन मत वृद्धिको अभियानमा छः महासचिव पोखरेल
४ भदाै, काठमाडाैँ । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले अहिले मत वृद्धिको अभियानमा लागिएको बताएका छन । कहीकतैबाट एमालेको चुनावी आंकलन भन्दै भ्रमपूर्ण प्रचारहरू भएको भन्दै महासचिव पोखरेलले एमाले आंकलन नभइ मतवृद्धिको अभियानमा लागेको बताएका छन ।
उनले भनेका छन, ‘नेकपा(एमाले)को आकलन भन्दै भ्रमपूर्ण प्रचारवाजी सुरुभएको छ । नेकपा(एमाले)ले मंसिरमा हुने चुनावका लागि मतवृद्धि अभियानमा जुटेको छ, आकलनमा होइन ।’
प्रकाशित मिति : 23:05









