७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माओवादीले आज पनि टुंग्याउन सकेन पदाधिकारी

३ भदौ, काठमाडौं । माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छै्रन । शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको छ ।

पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल ग¥यौं,’ महराले भने।

पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए । भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको उनले बताए ।

प्रकाशित मिति : August 19, 2022 at 11:50 am