नागरिकता विधेयक हुबहु पास गरेर गठबन्धनले राष्ट्रघात गर्याेः कमल थापा
२ भदाै, काठमाडाैं । प्रतिनिधिसभाबाट नागरिकता विधेयक दोस्रोपटक पारित भएको हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेकमाथि पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोमा आज मतदान प्रक्रियाबाट पुनः पास भएको हो।
राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाईएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ, थापाले भने, विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको छ।
प्रकाशित मिति : August 18, 2022 at 8:19 pm









