१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

स्थानीयको अवरोधका बीच बञ्चरेडाँडामा २८४ गाडीबाट फोहोर विसर्जन

२ भदौ, काठमाडौं । स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहार खसेको बताए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार २०:०२