८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

मकवानपुर आसपासमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

२ भदौ, काठमाडौं । मकवानपुर आसपास भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुरगढी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको छ ।

भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका स-साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : August 18, 2022 at 7:56 pm