१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

माओवादीको स्थायी समिति बैठक फेरि स्थगित

२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बिहानसम्मका लागि फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रुप दिने भन्दै माओवादीले बिहीबार बेलुकी ६ बजेका लागि बैठक बोलाएकोमा आज बैठक बस्न नसकेको हो ।

यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो । प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि डाकिएको बैठक शुक्रबार बिहानसम्मका लागि सारिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । बैठक भोलि बिहान साढे ८ बजे बस्नेछ ।

प्रकाशित मिति : 19:09