२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

इन्टरनेटमा पाइने फिल्म ‘कार्तिकेय २’ हलमा लाग्दै, तीनवटै नेपाली फिल्मलाई असर गर्ने


२ भदौ, काठमाडौं । भारतीय फिल्म सस्तोमा पाइने भएपछि वितरकहरू लोभिन थालेका छन् । अझै पछिल्लो समय दक्षिण भारतीय स्टारले अभिनय गरेकाबाहेकको अभिनय रहने फिल्महरू नेपाल सस्तोमा भित्रिन थालेको छ ।

स्टारले अभिनय गरेको फिल्म करोडभन्दा बढीमा नेपाल आउने सिलसिला नेपालमा अपरिचित स्टारका फिल्म भने नेपाली दश लाखभन्दा पनि कममा आउने गर्छन् । गत २७ साउनमा रिलिज भएको लाल सिंह चड्डा र रक्षा बन्धनले नेपाली दर्शक तान्न नसकेपछि विदेशी फिल्मलाई नेपालमा प्रदर्शन गर्ने वितरकलाई ठूलै घाटा लाग्यो ।

यी फिल्मसँग नेपाली फिल्म रिलिज थिएनन् । वितरकले दुवै फिल्म ल्याए । तर, दर्शक हल पुगेनन् । पुगेकाले पनि फिल्म हेर्न सिफारिस गरेनन् । यसअगाडिको फिल्म ‘शमशेरा’को विजनेसले नै निराश बनेका ती वितरकलाई आमिर खान र अक्षय कुमारको फिल्मले ठूलै झट्का दियो । ती फिल्मले दर्शक तान्न नसकेपछि ती वितरकको समूहले साउथ इन्डियन फिल्म ‘कार्तिकेय २’ लाई नेपाल रिलिज गर्दैछन् ।

वितरकहरुले ‘कार्तिकेय २’ सस्तोमा पाएपछि एक साता ढिलो भए पनि नेपाल ल्याउन लागेका हुन् । ३ भदौमा नेपाली फिल्म नै तीनवटा रिलिज हुँदैछन् ।भारतबाट सस्तो रकममा साउथ फिल्म ल्याएर यहाँ राम्रै रकम कमाउने उद्देश्यका साथ दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ पनि नेपाल भित्राउने तय गरेका हुन् ।

हिन्दी फिल्म वितरणको फ्रन्टमा देखिएका मनोज राठी सहितको टिमसँग नेपाली फिल्म मेकर्स असन्तुष्ट रहँदै आएका छन् । नेपाली फिल्मकै भिडन्त भनिएको ३ भदौको डेटमा एक साता अगाडि नै रिलिज भएर इन्टरनेटमा पाइरेसी भएको तेलुगु फिल्म ‘कार्तिकेय २’ ल्याएर नेपाली फिल्मको शो खोसेको नेपाली निर्माताहरुको आरोप छ ।

बलिउडमै राम्रो शो नपाएको र इन्टरनेटमा प्रसस्तै पाइने फिल्म ‘कार्तिकेय २’ ल्याएर नेपाली फिल्मको शो प्रभावित बनाएको आरोप नेपाली फिल्मका निर्माताहरुले लगाएका छन् । शुक्रबारदेखि ‘प्रेमगन्ज’, ‘माइकल अधिकारी’ र ‘कृष्णलीला’ रिलिज हुँदै छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १३:२५

https://srdb.com.np/