नुवाकोटका मदननारायण जसलार्इ प्रहरीले बलात्कारी बनायो, १३ वर्षपछि सर्वोच्चबाट न्याय पाए
२१ भदाै, काठमाडाैँ । नुवाकोट जिल्ला कल्याणपुर स्थायी घर भएका मदननारायण श्रेष्ठलार्इ प्रहरीले बलात्कारी बनायो तर उनी बलत्कारी थिएनन्र । इमान्दारिताको सँजाय उनले बलात्कारी बनेर १३ वर्ष जेल सजाँए भाेग्नु पर्यो ।
मदननारायण अाम मानिस जस्तो सामान्य हैनन् उनी प्रहरी जावन थिए जो हवल्दारमा बढुवा भएर फुली लगाउने तरखरमा थिए तर प्रहरीका निर्दयी र असक्षम हाकिमहरूले उनलार्इ जवर्जस्ती बलात्कारी कारर गरेर दुर्इ तहको अदालतसम्मबाट पनि दोषी ठहर भएर १३ वर्ष जेल बसे तर सर्वोच्चले उनलार्इ न्याया दियो र उनलार्इ प्रहरीले नै नक्कली बालात्कारी बनाएको खुलासा भयो ।
२०६० साल कात्तिका ८ गते न्यू पर्वत लेसपार गेष्टहाउसमा रिता लामाको बालत्कारपछि हत्या भएको थियो । उक्त घटनाका दोषी पत्ता लगाउन नसकेपछि प्रहरीका तत्कालीन प्रमुखले उनैलार्इ नै बलात्कारी बनाउने योजनाबाट दोषी करार गराएको अनलाइनखबर डटकमले उल्लेख गरेको छ ।
श्रेष्ठ गोंगबुस्थित अस्थाई प्रहरीचौकीमा कार्यरत रहेका थिए । जब कि घटना भएको राति १० बजेदेखि बिहान ३ बजेसम्म श्रेष्ठ ड्युटीमै थिए । तर पनि प्रहरीले उनलार्इ बलात्कारी बनाएर १३ वर्ष कष्टयुक्त जीउन बाध्य बनाइए । यद्यपी उनले अपराध नगरेकै कारण उनी ११ बैशाख ०७४ मा सर्वोच्च अदालतबाट निर्दोष सावित भए ।
प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार १७:२८