१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

भागवण्डा कार्यदलको बैठक बस्दै, मापदण्ड तयार हुने

१ भदाै, काठमाडाैँ । संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ ।

वालुवाटरस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट वाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ ।

२०७४ सालको निर्वाचन र गत ३० वैशाखकाे स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँडमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।

प्रकाशित मिति : 10:25