नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय
३० साउन, काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ । बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुन: संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको छ।
राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन मंगलबार गठबन्धनको बैठक बसेको थियो । बैठकले दुबै संसदबाट पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको एक नेताले बताए ।१५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक सोमबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।
प्रकाशित मिति : August 16, 2022 at 1:36 pm









