८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

काठमाडौंका मेयरलाई असफल नबनाउन कमल थापाको आग्रह

३१ साउन, काठमाडौं । रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्।

सोमवार देखी जारी केन्द्रिय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत काठमाडौंका मेयर शाहलाई असफल नबनाउन आग्रह गरेका हुन । उनले मेयर शाहले पनि एक बर्ष भित्र फोहोर ब्यवस्थापनका लागि दिर्घकालिन योजना बनाउनु पर्नेमा जोड गरेका छन ।

‘काठमाडौंका मेयर केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ। फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो। त्यसवारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ’ थापाले लेखेका छन, ‘त्यतिञ्जेल विगतमा झैँ सबैले हरसम्भव सहयोग गर्नुपर्छ।फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन।’

 

प्रकाशित मिति : August 16, 2022 at 10:43 am