३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

प्रेस सेनानी पत्रकार पोखरेलको निधन

३१ साउन, बुटवल । बरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ। लुम्विनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो।

प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्षसमेत हुन्। प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन्। हाल बुटवलवाट प्रकाशित हुदैँ आएको टवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।

प्रकाशित मिति : August 16, 2022 at 10:26 am