राप्रपा नेपाल साझा घर हो, सबैलाई “स्पेस” छ: महामन्त्री बर्तौला
३० साउन, काठमाडौँ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाललाई सबै नेपालीको साझा घर बनाउनु पर्नेमा जोड दिएका छन् । उनले पार्टीमा बिचारका आधारमा निषेध नगरिने भन्दै सबैलाई “स्पेस” रहेको बताए ।
राष्ट्रिय युबा मोर्चा नेपालद्वारा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपा नेपाल सकारात्मक परिबर्तनको निमित्त जनताको मन मष्तिकको बदल्ने आन्दोलनको नेतृत्व गरिरहेको बताए । उनले आगामी निर्बाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउन युबाहरुको महत्त्वपूर्ण भुमिका र जिम्मेवारी रहने बिचार ब्यक्त गरे ।
परिबर्तनका सम्बाहक शक्ति युबाहरुले अहिले मुलुकमा बिधमान रहेको चरम भ्रष्टाचार, कुशासन,महङ्गि, बेरोजगारीको विरुद्धमा आवाज उठाउदै र अहिलेको राजनिती प्रणाली परिबर्तन गर्न अग्रसर हुनुपर्ने बताए ।
युबा मोर्चाका अध्यक्ष नगेन्द्र देउजाले राप्रपा नेपालको गति रोक्ने खोज्ने षड्यन्त्रलाई परास्त गर्दै पार्टीलाई राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराई छाड्ने दृढता ब्यक्त गरे । भेलाले रबिन उप्रेतीको अध्यक्षतामा ३५ युबा मोर्चा सिन्धुपाल्चोक जिल्ला समिति चयन गरेको छ ।
प्रकाशित मिति : August 15, 2022 at 10:38 pm









