नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन
३० साउन, सिरहा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ ।
राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पुर्याएका छन् ।
प्रकाशित मिति : August 15, 2022 at 5:45 pm







