८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

मेरो भाइ राजदुत छैन, १० कठ्ठा जमिनमा हलो जोत्छ : अध्यक्ष ओली

२९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिवारवादलाई प्रोत्साहन गरेर लोकतन्त्रको सुन्दर पक्षलाई कुरुप बनाउन आफूले नचाहेको बताएका छन् ।

अध्यक्ष ओलीले आइतबार काठमाडौँमा आयोजना गरिएको युवा सम्मेलनमा बोल्दै आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताए। ‘मेरो भाइ राजदूत हुन खोज्यो, फलानो कमिटीमा जान खोज्यो भन्ने सुन्नुभएको छ। मेरो भाइ १० कठ्ठा जमिन लिएर हलो जोतेर बसेको छ,’ उनले भने।

आफूले भाइ, बहिनी श्रीमती वा सालोप्रति कुनै पदका निम्ति मरिहत्ते नगरेको उनले बताए। एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने अध्यक्ष ओलीको भनाइ छ ।

‘एमालेभित्र टिकट वितरण क्षमतावानलाई हुनेछ। योग्यता पुगेकाहरूले टिकट पाउनेछन्। कसैप्रति भेदभाव हुनेछैन,’ उनले भने।

प्रकाशित मिति : August 14, 2022 at 1:11 pm