२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

कुशल श्रेष्ठले ल्याएको ‘माइती आँगन’मा प्राश्ना शाक्यको स्वर (भिडियाे)


२९ साउन, काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बेलायतबाट ‘माइती आँगन’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द सिर्जना रहेको छ । जसमा प्रदीप श्रेष्ठको एरेन्ज छ । किशोर थापाको मिक्सिङ, भरत रेग्मीको कलरिङ रहेको गीतको भिडियोको निर्देशन निर्देशक कुशल श्रेष्ठले गरेका हुन् ।

आधुनिकशैलीका गीतमा बढी रमाएका निर्देशक श्रेष्ठ बेलायतका सर्वाधिक व्यस्त निर्देशक तथा कुशल सञ्चारकर्मी हुन् । काव्या श्रेष्ठको सहनिर्देशन रहेको भिडियोमा छायांकन र सम्पादन पनि निर्देशक श्रेष्ठकै रहेको छ ।

भिडियोमा स्थानीय कलाकारहरु आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ, नीरु कोइराला, रीमा कँडेल, अमिका महत, शिक्षा पौडेल, विनीता थापा, विनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दीपक थापा मैथाने मगरले अभिनय गरेका छन् ।

भिडियाे लिङ्कः

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १२:०५

https://srdb.com.np/