३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको मूल्य वृद्धि

२१ भदाै, काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मृत्यवृद्धि भएको निगमले जनाएको छ ।

मूल्य बढेपछि अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको तथा अमेरिकन डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन भएकाले भाउ बढाउनु परेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहीबार ०८:३७