८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

कर्णालीका नवनियुक्त उद्याेगमन्त्री शाहीको आज सपथ

२९ साउन, सुर्खेत । कर्णाली प्रदेश,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गाेपनीयताकाे शपथग्रहण गर्दैछन् । उनी गत बिहीबार मन्त्री बनेका थिए । सपथ आज बिहान ११ बजे हुने छ ।

यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।

प्रकाशित मिति : August 14, 2022 at 10:08 am