२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

करणको गिती एलबम द काइट्स सार्वजनिक


२८ साउन, काठमाडौं । नवगायक करण राईको पहिलो गित एलबम ‘द काइट्स’ सार्वजनिक भएको छ । राजधानीमा गायक गणेश रसिक, गायक राजेशपायल राई, अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार तथा निर्देशक प्रकाश आङ्देम्बेले एलबम सार्वजनिक गरे ।

एलबम सार्वजनिक गरेपछि करणले दुई गीत ‘रानी हो’ र ‘चङ्गा’ व्याण्डकासाथ गाउका थिए । बाल्यकालदेखि नै गीत संगीतमा चासो राख्ने करण अमेरिकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याएका हुन् ।

एल्बममा ९ गीत समावेश छन् । एलबमको एक गीत ‘फुलै राम्रो’ मा करणलाई गायिका मेलिना राईले साथ दिएकी छन् । गीतहरुमा प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डुक्पा र सपना भुजेलको शब्द छ । त्यस्तै देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत छ । सबै गीतहरुको एरेञ्ज गायक तथा संगीतकार देबेशले नै गरेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १२:४५

https://srdb.com.np/