२५ मंसिर २०८२, बिहीबार | Thu Dec 11 2025

नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिन्छः सभापति देउवा

२४ फागुन, काठमाडाैँ । नेपाली काँगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने बताउनुभएको छ ।

नेपाल महिला संघद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध छ, महिला सशक्तीकरण गर्न आर्थिक, सामाजिक पक्षमा ध्यान दिनुपर्छ ।”

कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभाका महिला सांसदहरु धना खतिवडा, तारादेवी भट्ट, अनिता देवकोटा, मुक्ता कुमारी यादव र सरिता प्रसाई एवं प्रदेशसभाका महिला सांसदलाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार १५:५०