७ असार २०८३, आइतबार | Sun Jun 21 2026

अन्तर्राष्ट्रिय युवा दिवसमा राष्ट्रिय युवा संघको रक्तदान

२७ साउन, काठमाडाैँ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले रक्तदान कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संघले शुक्रबार काठमाडौंमा रक्तदान कार्यक्रम गरेको हो ।

युवा संघ केन्द्रीय कमिटी, अन्तर जिल्ला विशेष प्रदेश कमिटी र वाग्मती प्रदेश कमिटीले संयुक्त रुपमा रक्दान कार्यक्रम आयोजना गरिएको युवा संघ प्रचार प्रसार तथा प्रवक्ता विभागका प्रमुख महाराज गुरूङले जानकारी दिए ।

‘अन्तरपुस्ता ऐक्यवद्धताः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने नारासाथ नेपालमा पनि आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।

प्रकाशित मिति : August 12, 2022 at 5:07 pm