४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

निर्मला हत्या प्रकरणः कांग्रेस नेता विष्ट र निलम्बित एसपी विष्टका छोरासँग प्रहरीले वयान लियो

२० भदाै, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र त्यसपछिको हत्या प्रकरणमा ‘भीआईपी संदिग्ध’को रुपमा लिइएका कञ्चनपुरका निलम्बित प्रहरी उपरीक्षक (एसपी) को छोरा र कांग्रेस नेताको छोरासँग प्रहरीले वयान लिएको छ ।

घटनामा आशंकाको घेरामा पर्दै आएका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र नेपाली कांग्रेसका नेता भुपेन्द्र विष्टका छोरा आयुश विष्टसँग प्रहरीले बयान लिएको हो ।

कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) कुबेर कडायतले घटनामा उनीहरूको पनि नाम मुछिएकाले अनुसन्धानको क्रममा बयान लिएको पुष्टि गरेका छन । यद्यपी विष्टले उनीहरूलार्इ पक्राउ नै गरेर बयान लिने ठोस प्रमाण र कनेक्टीभिटी नपाएको बताएका छन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै डेढ महिना भएको छ ।

यो पनि पढ्नुहोस्

–निर्मला हत्या प्रकरणः कांग्रेस नेता र एसपी विष्टका छोराहरू पनि छानविनको दायरामा अाउने

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १७:५४