४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

अरूको नयाँ जीवनका लागि रगत संकलन गर्दै लायन्स क्लव अफ काठमाडौँ ग्लोबल टाउन

२० भदाै, काठमाडाैँ । लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउनकाे अायाेजनामा बृहत् रक्तदान कार्यक्रम गरी रगत संकलन गरिएको छ । काठमाडौंको बसुन्धारामा रहेकाे हेराल्ड ईन्टरनेशनल कलेजकाे प्राङ्गणमा भएकाे रक्तदान कार्यक्रममा हेराल्ड कलेजका विद्यार्थी तथा शिक्षक, कर्मचारीहरु, लायन्स सदस्य एवं स्थानीय व्यक्तिहरुकाे समेतले रगत दान गरे ।

कार्यक्रममा हेराल्ड कलेजका क्याम्पस प्रमुख तथा कार्यक्रमका विशेष अतिथि नारायण प्रसाद उपाध्यायले रक्तदान कार्यक्रमबाट संकलन भएको रगतले धेरै मानिसहरुले नयाँ जीवन पाउने भएकोले यस्तो कार्यक्रमको विशेष महत्त्व रहने बताए ।

प्रमुख अतिथि लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ का पास्ट मल्टिपल चेयर पर्सन लायन राजन लम्सालले रक्तदान जीवनदान भएको र खेर जाने रगत दान गरि बिरामीको ज्यान जाेगाउन सकिने र रक्तदाता स्वयंकाे स्वास्थ्य राम्रो हुने बताए । कसैलाई ताजा रगत अावश्यक परेमा समेत लायन्स क्लवलाई सम्झन अनुराेध गर्दै क्लबका अध्यक्ष अनुजकुमार श्रेष्ठले रक्तदान कार्यक्रमकाे महत्व प्रष्ट परेका थिए ।

श्रेष्ठका अनुसार लायन्स क्लबले निकट भविष्यमा त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा सुविधा सम्पन्न ब्लड बैक निर्माण गर्न लागेको समेत जानकारी दिए । कार्यक्रममा एक सय तीन पिन्ट रगत संकलन भएकाे जनकारी क्लबका सचिव एवम् कार्यक्रम संयाेजक वैकुण्ठ प्रसाद रिमालले जानकारी दिए ।

 

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १५:२२