४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

आगामी मंसिरबाट शैक्षिक प्रमाणत्रप धितो राखेर ऋण पाइने, १२ कक्षा उत्तीर्णले नपाउने

२० भदाै, काठमाडाैँ । आगामी मंसिरबाट शैक्षिक प्रमाणत्रप धितो राखेर ऋण पाउन सकिने भएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराइने व्यवस्था कार्यान्वयन नजिक पुगेको हो । स्नातक उत्तीर्ण युवाले मात्र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने छन् ।

अर्थ मन्त्रालयका अनुसार  उद्यमशिलताका लागि सामान्य कर्जा तथा ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा व्यवस्था कार्यान्वयनसम्बन्धी बनेको ‘एकीकृत कार्यविधि’ स्नातक उतीर्णले मात्र उक्त कर्जा पाउने उल्लेख गरिएको छ । एकीकृत कार्यविधिअनुसार कम्तिमा स्नातक उत्तीर्णले बैंक तथा वित्तीय संस्थाबाट शैक्षिक प्रमाणपत्र धितो राखेर सहलियतपूर्ण ब्याज दरमा ऋण पाउन सक्नेछन् ।

एकीकृत कार्यविधिअनुसार व्यवसायको प्रकृति हेरेर स्नातक उत्तीर्ण युवाले ५ लाख देखि ७ लाख रुपैयाँसम्म शैक्षिक प्रमाणपत्र धितोमा कर्जा पाउनेछन् । यद्यपि, जुनसुकै विषयमा स्नातक गरेको भए पनि प्रमाणपत्र धितो राखेर कर्जा लिन सकिने मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७५–७६ को बजेटमा उच्च शिक्षा प्राप्त युवालाई व्यवसायमा आकर्षित गर्न सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध गराउन तयार पारेको उक्त कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार ०६:५१