दुई किलो सुनसहित भारतीय नगरिक पक्राउ
२० भदाै, काठमाडाैँ । प्रहरीले अवैध रुपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो चाँदी बरामद गरेको छ । नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट सो परिमाणको सुन र चाँदी बरामद गरिएको हो ।
नेपाल प्रहरी ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा मंगलबार पसल सञ्चालक भारत घर भएका राजेन्द्र शिवाजी पटेललाई सो परिमाणको सुन चाँदीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । जिल्लाका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले पर्याप्त सुन नदिएको भन्दै आन्दोलन गरिरहेको बेला अवैध सुन चाँदी बरामद भएको हो ।
प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार ०६:२५