१ असार २०८३, सोमबार | Mon Jun 15 2026

अझै केहिदिन पानी पर्ने, यस्ताे हुनेछ आजकाे माैसम

२१ साउन, काठमाडाैं । मुलुकका केही स्थानमा अझै केही दिन पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले ठूलो पानी पर्ने सम्भावना नभए पनि केही दिन मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १, बागमती प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको हो । काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ ।

यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। यस्तै पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : August 6, 2022 at 7:21 am