८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल

२० साउन, काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् । जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा नियुक्त गरेका हुन् ।

धिताल लामाे समयदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । माओवादीकालमा डा. बाबुराम भट्टराईनिकट रहेका धिताल भट्टराईले पार्टी छाडेर हिँडे पनि उनी कतै गएनन् । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।

प्रकाशित मिति : August 5, 2022 at 12:33 pm