८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

लुकिमिया रोगसँग लडिरहेका थापा मगरको उपचारका लागि एक लाख सहयोग

१९ साउन, काठमाडाैँ । मेलम्ची नगरपालिका –९ गुफाका सुशील थापा मगरको उपचारका लागि एक लाख सहयोग गरिएको छ । लुकिमिया रोगसँग सङ्घर्षरत १५ वर्षीय सुशीललाई वडा कार्यलयको सिफारिसमा सामाजिक संस्था हेल्पले जुटाएको रकम बुधबार मेलम्ची नगर प्रमुख आइतामान तामाङको उपस्थितिमा सुशीलको बुबा चन्द्रबहादुरलाई हस्तान्तरण गरिएको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिए ।

उनको अवस्थाको बारेमा जानकारी पाए पछि वडा कार्यलयको सिफारिसमा हेल्पका साथीहरु मिली रकम जुटाएको अध्यक्ष लामाले बताए । पीडितको आर्थिक अवस्था निकै कमजोर रहेको र थप उपचार गर्न करिब रु छ सात लाख लाग्न सक्ने अनुमान गरिएकोले सहयोगी मनहरुले उनको बुबा चन्द्र मगरलाई ९८४०५७७८३७ मा सम्पर्क गरी सहयोग गर्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : August 4, 2022 at 6:00 pm