९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

नापीका कर्मचारी जयगोविन्द यादव घुससहित पक्राउ

१९ भदाै, धनुषा ।  नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताउनुभयो ।

प्रकाशित मिति : September 4, 2018 at 4:21 pm