४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

सरकार र चिकित्सक संघको सहमति विरूद्धमा उपभोक्ता हित संरक्षण मञ्च सर्वोच्च जाने

१९ भदाै, काठमाडाैँ । नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच सोमबार भएको सहमतिविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालत जाने भएको छ । मञ्चका अध्यक्ष ज्योति बाँनियाले उक्त सहमति उपभोक्ताको हित विपरीत भएकाले बदर गराउन सर्वोच्च अदालत जान लागिएको दैनिकीलार्इ जानकारी दिए ।

मञ्चका सचिव विष्णुप्रसाद तिमल्सिनाले सहमतिका धेरै बुँदा मौलिक हकलाई बन्देज लगाउने प्रकृतिको भएको भन्दै अाज स्वास्थ्य मन्त्रालयसँग सूचना मागी भोलि बुधबार सर्वोच्चमा रिट हाल्ने तयारी गरेको जानकारी दिए । उनले भिडको नियन्त्रणबाट कानुन निर्देशित हुन नहुनेभन्दै सर्वोच्च जाने निष्कर्षमा पुगेको बताए ।

यस्तो छ सहमति

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १२:११