टोखामा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
१५ साउन, काठमाडौं । काठमाण्डौको टोखा नगरपालिका–३ ग्राण्डी पछाडिको सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
बागमती प्रदेश ०२ ०२९ प १०९८ नम्बरको स्कुटर र बा ९६ प २४४५ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएकी स्कुटर चालक काठमाण्डौको तारकेश्वर नगरपालिका–९ बस्ने १९ वर्षिया रोजिना महर्जनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक टोखा नगरपालिका ३ का २८ वर्षिय समिर श्रेष्ठको सोही अस्पतालमै उपचार भइरहेको छ ।
प्रकाशित मिति : July 31, 2022 at 5:35 pm









