साउथ अष्ट्रेलियाकै अग्रणी नेपाली संस्था एडिलेड नेपाली समाजमा नयाँ नेतृत्व (फोटोफिचर)
१४ साउन, एडिलेड । साउथ अष्ट्रेलियामा रहेका नेपाली सामाजिक संस्थाहरु मध्येको पुरानो संस्था एडिलेड नेपाली समाज अष्ट्रेलियाको पाचौ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आगामी दुइ वर्षका लागि देवराज कंडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । साधारण सभाका प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमलाले समाजले नेपाली समुदायमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि नेपाली समुदायमा विभिन्न कार्यक्रमहरु मार्फत थप योगदान गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगको सदस्य तथा एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्काले विगतमा संस्था स्थापना देखिका गतिविधी माथी प्रकाश पार्दै आगामी दिनमा समाजले अष्ट्रेलियामा रहेको बहुसांस्कृतिक पक्षलाई संरक्षण र सम्बर्धन गर्ने कार्यक्रमहरुमा आफ्नो तर्फबाट थप सहयोगीको भुमीका खेल्ने बताइन् ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले समाज अग्रणी संस्था भएकाले एनआरएनए र समाज संग मिलेर अगाडि बढ्ने बताईन ।कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियका पुर्व संयोजकद्वय रमेश जोशी र नविन पन्त, समाजिक अभियन्ता राजु उपाध्याय, नेपाली भजन कीर्तन समुह एडिलेडका अध्यक्ष गणेश पराजुली लगायतका वक्ताहरुले साधारण सभाको सफलताको कामना तथा नव निर्वाचित समितिलाई शुभकामना व्यक्त गरेका थिए ।

साधारण सभाले समाजका निवर्तमान अध्यक्ष सुरेन्द्र रेग्मीद्वारा प्रस्तुत समाजको दुइ वर्षे कार्यकालको गतिविधी सहितको प्रतिवेदन, निवर्तमान कोषाध्यक्ष दिपा सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, एडिलेड नेपाली बिद्यालयकी प्राचार्य लक्ष्मी सापकोटाद्वारा प्रस्तुत बिद्यालयको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । यसै गरि सभाले आगामी दुइ वर्षका लागि अध्यक्षमा देवराज कंडेल सहित उपाध्यक्षमा लक्ष्मी सापकोटा र सागर श्रेष्ठ, सचिव आर के शर्मा, उपसचिव सुपक अधिकारी, कोषाध्यक्ष आनन्द वखरेल, सदस्यहरुमा सुरेन्द्र रेग्मी,सुर्य आचार्य, सुधा सापकोटा, युवराज कडेल, बन्धु बिक्रम कार्की, दिपा दहाल, श्याम दहाल, श्याम कृष्ण बोहोरा, बालगोपाल उपाध्याय रहेका कार्य समिति सर्वसम्मतिमा चयन गरेको छ ।
यस अधि समाजका निवर्तमान अध्यक्ष रेग्मीद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई सभाले पारित गरेको थियो । जस अनुसार नया संरचनामा समाज अन्तरगत संचालित एडिलेड नेपाली विद्यालयको प्राचार्य समाजको पदेन उपाध्यक्ष रहने तथा समाजको निवर्तमान अध्यक्ष कार्यसमितिको सदस्य रहने सहितको व्यवस्था गरिएको छ ।
वन्द सत्र संचालन गर्न रेनुका लामा, नविन पन्त, हेम खनाल, सन्तोषी गौतम, राम बहादुर थापा रहेको अध्यक्ष मण्डल निर्माण गरिएको थियो । भने सुरेन्द्र रेग्मीको अध्यक्षता र आर के शर्माको संचालनमा खुल्ला सत्र सम्पन्न भएको थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष कडेलले विगतका कामहरुका समिक्षा समेत गर्दै नेपाली समुदायका हितमा विभिन्न गतिविधी अगाडि बढाउने प्रतिबध्दता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : July 30, 2022 at 5:16 pm









