४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

सरकार र अान्दोलनरत चिकित्सकबीच ५ बुँदे सहमति, भोलिबाट अस्पताल खुल्ने

१८ भदाै, काठमाडाैँ । सरकार र अान्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएको छ । दुर्इ पक्षका बीचमा भएको वार्तामा मुलुकी अपराध संहिता ऐनको  ५ बुँदामा संशोधन गर्ने सहमति भएको छ ।

मुलुकी अपराध ऐनका बुँदा संशोधनका विषयमा समान धारणा बनाएपछि संघले अस्पताल बन्दको कार्यक्रमलाई आगामी सोमबारसम्मका लागि स्थगित गरेको जनाएको छ ।

ऐन संशोधनको विषय संसदको कार्यक्षेत्र भित्र भएका कारण सहमितका बुँदा मन्त्रीपरिषद्बाट पास भएर संसदमा जाने निश्चित भएपछि मात्र आन्दोलनका सबै कार्यक्रम स्थगति हुने संघका महासचिव डा लोचन कार्कीले बताए ।

यद्यपी अागामी सोमबारसम्मका लागि अब अस्पतालहरूमा सेवा सुचारू हुने भएको छ । शुक्रबारदेखि अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गर्ने कार्यक्रमलाई भने सोमबारसम्म सारिएको डा कार्कीले जानकारी दिए। उनले सोमबार मन्त्रीपरिषदबाट सहमति पास भएन भने पुनः अस्पताल बन्द हुने चेतावनी दिएका छन ।

यस्तो छ सहमतिको बुँदा

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार २१:३३